11 Sep UPSC Civil Services (Main) Examination 2026 — Nepali (Compulsory): Question Paper | Plutus IAS
The questions below are from Nepali (Compulsory) of UPSC Civil Services (Main) Examination 2026 (held 2026-08-29) — the actual paper, which is public government content. This page carries the questions for reference and revision; model answers for this paper are not published here.
Official paper (PDF): upsc.gov.in.
- निम्नलिखित कुनै एउटा विषयमाथि 600 (छ सय) शब्दमा निबन्ध लेख्नुहोस् : (a) भारतबोधको अवधारणा अनि हाम्रो भविष्य (b) डिजिटल युगमा नागरिकहरूको कर्तव्य (c) भारतमा अन्तरिक्ष अनुसन्धान अनि मङ्गलयान (d) स्वास्थ्य सेवाहरूको उपलब्धता अनि गुणवत्ता (1) उठे सगरसम्म … ।
- निम्नलिखित गद्यांशलाई ध्यानपूर्वक पढ़ी त्यसका आधारमा तल दिइएका प्रश्नका उत्तर स्पष्ट, सही अनि सङ्क्षिप्त भाषामा लेख्नुहोस् : 12×5=60 दुःखको वर्गमा डरको जुन स्थान हुन्छ, त्यही स्थान आनन्द-वर्गमा उत्साहको हुन्छ। जुन कर्महरूमा कुनै प्रकारको कष्ट वा हानि सहने साहस अपेक्षित हुन्छ ती सबैमा उत्कण्ठापूर्ण आनन्द उत्साह त्यस अन्तर्गत लिने गरिन्छ। कष्ट वा हानिको भेदअनुसार उत्साहको पनि भेद हुनसक्छ। साहित्य-मिमांसकहरूले यही दृष्टिबाट युद्धवीर, दानवीर, दयावीर, इत्यादि भेद गरेका छन्। यीमध्ये सबभन्दा प्राचीन अनि प्रमुख युद्धवीरता हो, जसमा आघात, पीडा वा मृत्युको समेत चिन्ता हुँदैन। यस प्रकारको वीरताको प्रयोजन अत्यन्त प्राचीन समयदेखि हुँदै आइरहेको छ, जसमा साहस र प्रयत्न दुवै चरम उत्कर्षमा पुग्ने गर्छ। केवल कष्ट वा पीडा सहने साहसमा नै उत्साहको स्वरूप स्फुरित हुँदैन। यसका साथै आनन्दपूर्ण प्रयत्न वा उसको उत्कण्ठाको संयोग हुनुपर्दछ। बिना बेहोस नै ठूलो घाउलाई काट्नु तयार हुनु साहस हुनसक्छ, तर उत्साह होइन। यस्तै प्रकारले चुपचाप बिना हातखुट्टा हल्लाई, अति प्रहार सहनका लागि तयार रहनु साहस र कठिन भन्दा कठिन प्रहार सहेर पनि धैर्यलाई उत्साह अन्तर्गत त्यसबेला लिन सकिन्छ जब साहसी र धीरले त्यस कामलाई आनन्दका साथमा गर्दै जानेछ जसको कारण उसलाई यति प्रहार सहनु पर्ने हुन्छ। सारांशमा, यस्तो आनन्दपूर्ण उत्साह वा उत्कण्ठामा नै उत्साहको दर्शन हुन्छ, केवल कष्ट सहनु निश्चेष्ट साहस-होइन। धृति र साहस दुवैको उत्साह माझ सञ्चरण हुने गर्छ। दानवीरको अर्थ त्यागको साहस अर्थात् उसको कारण हुने कष्ट वा कठिनतालाई सहने क्षमता अन्तर्निहित हुन्छ। दानवीरता त्यसबेला भनिन्छ जब दानको कारण दानीलाई आफ्नो जीवन निर्वाहमा कुनै प्रकारको कष्ट वा कठिनता आएको पाइन्छ। यस्तै कष्ट वा कठिनताको मात्रा वा सम्भावना जतिसम्म धेरै हुन्छ, दानवीरता त्यति नै उच्च ठान्न सकिन्छ। तर यो अर्थ-त्यागको साहस सँगै जबसम्म पूर्ण तत्परता र आनन्दको संकेत देखिँदैन तबसम्म उत्साहको स्वरूप देखिँदैन। युद्धको अतिरिक्त संसारमा अरू पनि यस्ता विकट कामहरू छन् जसमा धेरै शारीरिक कष्ट सहनु पर्दछ अनि प्राण हानिसम्म हुने सम्भावना रहन्छ । अनुसन्धानका लागि तुषार-मण्डित अगम्य पर्वतहरूको आरोहण, ध्रुव देश तथा सहारा रेगिस्तानको भ्रमण; क्रूर, बर्बर जातिहरूको बिच अज्ञात घना जङ्गलहरूमा प्रवेश, इत्यादि पनि सबै वीरता र पराक्रमकै कर्म हुन । यी सबमा जुन आनन्दपूर्ण तत्परताका साथ मानिस प्रवृत्त भएका छन् ती पनि उत्साह नै हो । (a) उत्साहमा साहसको भूमिका स्पष्ट गर्नुहोस् । 12 (b) धीरताको अभिप्राय के हो ? 12 (c) उत्साहको सही दर्शन कसरी हुन्छ ? 12 (d) आनन्दपूर्ण तत्परता अनि उत्साहको अन्तर्सम्बन्ध रेखाङ्कित गर्नुहोस् । 12 (e) दानीलाई दानको कारण के सहन गर्नुपर्दछ ? 12 (2) अन्धाको देशमा आँखो चिम्लनु … ।
- निम्नलिखित गद्यांशलाई अङ्ग्रेजीमा अनुवाद गर्नुहोस् : भारतीय नाविकहरू जहाज चलाउने आफ्ना कौशलकालागि प्राचीनकालदेखि नै प्रसिद्ध रहेका छन्। आजभन्दा 5000 वर्ष अघिदेखि उनीहरूले समुद्रमा नौका चलाउन शुरू गरेका हुन्। त्यस समयमा समुद्री यात्रामा काम लाग्ने केही चाँहिदो यंत्रहरू मात्र थिए। अहिले जस्तो कृत्रिम उपकरणहरू त्यसबेला उपलब्ध थिएनन्। तर प्राचीन नाविकहरूको सोच्ने र बुझ्ने क्षमता बढी तेज थियो। उनीहरू ग्रह नक्षत्रहरूको जाँच गर्न, हावाको वेग बुझ्न र समुद्रको गहिराइमा पानीको रङ्ग हेरेर पत्तो लगाउने गर्दथे। समुद्री जीवजन्तुलाई हेरेर उनीहरू जमीनदेखि सुदूर कतिपय देशसम्म पत्तो लगाउने गर्दथे। त्यस समयमा कुनै समुद्री अकादमीहरू पनि थिएनन्। यसैले जे पनि प्रशिक्षण उनीहरूले पाउँथे, ती अनुभवका पाठशालामा परीक्षण र गल्तीहरूबाट सिकने आधार मात्र थियो। कहिलेकाहीँ दुर्घटनाहरू पनि भइहाल्थ्यो, तर उनीहरूको साहस र आत्मविश्वासले समुद्रमा यात्रा गर्ने प्रेरणा दिन्थ्यो। यसैको बलमा उनीहरू पश्चिममा फारसको खाडी, अफ्रिकाको पूर्वी तट अनि पूर्व तथा सुदूर पूर्वको इन्डोनेशिया, कम्बोडिया, अन्नाम, बोर्नियो तथा सेलीबीज जस्ता सुदूर द्वीपहरूसम्म पुग्न सफल बनेका हुन्। समुद्री प्रशिक्षणको आधुनिक यात्रा सन् 1920 देखि प्रारम्भ भएको थाहा लाग्छ। स्वाधीनतापछि भारतमा परिवर्तनको सुखद तरङ्ग चलेको छ। भारतको गौरवशाली जहाजरानी परम्पराको जुन सूर्य केही शताब्दी अघि अस्त भइसकेको छ, सो एकपल्ट फेरि उदय भएर चम्कनु थालेको छ। भारतीय जहाजरानी आज सही दिशामा अग्रसर भइरहेको छ। (4) कुकुरलाई प्यारो गरे … ।
- निम्नलिखित गद्यांशलाई नेपालीमा अनुवाद गर्नुहोस् : Orientation for entrepreneurship has to start right from the schools. In schools, teachers need to highlight the role of entrepreneurship in national development. During college, students must be exposed to business development opportunities and must be trained towards the creation of new enterprises. Parents should encourage their children to take up new ventures after their education. We should cultivate a mindset that 'Idea is wealth'. The government must create a facilitating environment for the provision of venture capital for innovative ideas without collateral security. Universities and engineering and management institutions should work with banks and other funding agencies towards simplifying procedures for setting up businesses and working with entrepreneurs till the project becomes self-sustaining and viable. Procedures in government should facilitate the spotting and recognition of new Indian talent in entrepreneurship by creating a level playing field for healthy competition. Citizens who can afford it should turn themselves into angel investors or start venture capital organizations to fund such new ventures. Big and small industries need to have an open mind in order to encourage and partner with young entrepreneurs. (5) बसे लेउ लाग्छ … ।
- (a) (i) तलका कुनै पाँचवटा शब्दको सन्धि-विच्छेद गर्नुहोस् : 5 अध्यक्ष, महौषधि, श्रेयस्कर, अन्वेषण, सान्नानी, सच्चरित्र, उद्धारक। (ii) तलका कुनै पाँचवटा शब्दका दुई-दुईवटा अनेकार्थक शब्द लेख्नुहोस् : 5 चुरो, मान, कलम, दक्ष, बन्धकी, जाल, कोठी। (b) (i) तलका कुनै पाँचवटा शब्दको विपरीतार्थक शब्द लेख्नुहोस् : 5 कृपण, विराग, प्रलय, उदात्त, अर्पण, खोक्रो, क्षुद्र। (ii) तलका कुनै पाँचवटा पदको समास-विग्रह गर्नुहोस् : 5 निस्सार, यथाक्रम, आमरण, धर्मभीरू, ग्रन्थकार, सूक्ष्मदर्शी, बेहिसाब। (c) (i) तलका कुनै पाँचवटा वाग्धारालाई एक-एकवटा वाक्यमा प्रयोग गर्नुहोस् : 5 परालको आगो, फलेको हाँगो, इतिश्री हुनु, कान समालु, मागी खाने भाँडो, आँखाको नानी, भाकल गर्नु। (ii) तलका कुनै पाँचवटा पदावलीको सारशब्द लेख्नुहोस् : 5 (1) जुवामा थापिएको धन (2) सार्वभौम सम्राट (3) प्राचीनकाल सम्बन्धी विद्या (4) प्रसिद्ध परम्परागत काल्पनिक कथा (5) बिना ज्याला मानिसको सहा मानिसद्वारा गर्ने वा गराउने काम (6) सुखदुःख अनुभव गर्ने इन्द्रिय (7) बिहेका निम्ति केटीलाई फकाउने स्त्री (8) नाँच्ने, गाउने र ठट्यौली गर्ने मानिस (d) (i) तलका कुनै पाँचवटा शब्दको लिङ्ग परिवर्तन गर्नुहोस् : 5 वीर, मत्ता, मैयाँहजूर, सन्धिनी, दात्री, भाले जुरेली, पोई। (ii) तलका कुनै पाँचवटा उखानलाई पूरा गर्नुहोस् : (6) घर भाँडिन्छ कुराले … ।
- (7) मूर्खलाई सय कुरा … ।
- (8) धर्मको धन साँचो … ।
Questions reproduced from the official paper for study purposes; verify on the exam-conducting body’s official website.
- UPSC Civil Services (Main) Examination 2026 — Odia (Compulsory): Question Paper | Plutus IAS - September 11, 2026
- UPSC Civil Services (Main) Examination 2026 — Nepali (Compulsory): Question Paper | Plutus IAS - September 11, 2026
- UPSC Civil Services (Main) Examination 2026 — Marathi (Compulsory): Question Paper | Plutus IAS - September 11, 2026

No Comments